रुपन्देही ।
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएका छन । रुपन्देहीको बेलहिया नेपाल–भारत सिमानाका सहित देशभरका नाकाहरु ४८ घण्टा बन्द गरिने भएको छ । भारतको उत्तर प्रदेश महाराजगञ्जमा बिहीवार पर्सि हुने चुनावलाई लक्षित गरी नेपाल–भारत सीमानाका ४८ घन्टा अगाडिदेखि बन्द गर्न लागिएको हो । महाराजगञ्ज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई लक्षीत गरी रुपन्देहीको बेलहियासहितको नाका मङ्गलवार बेलुका ६ बजेदेखि बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा बताईएको छ ।
सीमा नाका बन्द भए पनि अत्यावश्यक कामका लागि आपसी सहमतिमा नाका खुल्ला गर्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो देशबाट आउने पर्यटकबाहेक अन्यको हकमा आवतजावत बन्द रहनेछ ।