काठमाडौं ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील भएको बताउनुभएको छ। ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नारासहित मन्त्रालयले आज (मंगलबार) आयोजना गरेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विशेष समारोहमा बोल्दै उहाँले सूचना प्रविधि अहिले अत्यावश्यक साधन बनेको बताउनुभयो । यसको प्रयोगले आमनागरिकको जीवनलाई सहज र सकारात्मक परिवर्तन आएको उहाँको तर्क छ। राज्यले नागरिकलाई पुर्याउने सेवा प्रवाहलाई प्रविधिले सहज र सरल बनाएको मन्त्री शर्माले बताउनुभएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




