spot_img
spot_img
spot_img

८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेताको इजरायलमा ज्यान गयो

spot_img

एजेन्सी ।

इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको ज्यान गएको छ । इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको हिजो निधन भएको इजरायलको जेल सेवाले जनाएको छ । उहाँलाई बेहोस अवस्थामा पाइएको र उपचारका लागि तेल अवीवमा रहेको अस्पताल पुर्याए पनि बचाउन नसकिएको जेल सेवालाई उद्धृत गरी द टाइम्स अफ इजरायलले जनाएको छ ।

नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो। पक्राउ परेपछि उहाँले अनशन थाल्नुभएको थियो । जेलमा रहेर स्वास्थ्य परीक्षण वा उपचार गराउन अस्वीकार गर्नुभएको थियो । प्यालेस्टाइनले जेलमा रहेकै अवस्थामा अदनानको ज्यान गएको विषयलाई छानबिन गर्न माग गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img