कञ्चन ।
रुपन्देहीको कञ्चन गाउपालिकाले गाँउपालिकाले आर्थिक बर्ष २०७९/०८०को बार्षिक नीति तथा कार्यक्रम र योजना सञ्चालन र त्यसको प्रभावकारीता तथा असरबारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सञ्चार गृह सामुदायिक रेडियो कञ्चनको समन्वय तथा गाउपालिकाको आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, पशु सेवा, कृषि विकास, भौतिक पुर्वाधार, योेजना तथा अनुगमन लगायतमाथी विषयगत रुपमा आफ्नो धारणा ब्यक्त गरेका थिए।
गाँउपालिकाको सामाजिक मुल्यांकनको रुपमा समेत हेरिने उक्त कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विषयगत शाखाका शाखा प्रमुखहरुले आफ्नो शाखाबाट भएका सेवा प्रवाहबारे उठेका सवालहरुका बारेमा प्रष्टीकरण गरेका थिए। कञ्चन गाँउपालिकाको सभाहल दियोमा सम्पन्न कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनीधि, संघसंस्थाका प्रतिनीधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।