काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। वैशाख ४ गते सभापति लामिछानेको चितवनमा रहेको घरबाट खसेर उनी सख्त घाईते भएका थिए । घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको उपचारका क्रममा मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको अन्त्येष्टिमा सभापति लामिछानेसहित रास्वपाका नेता तथा कार्यकर्ता, शुभेच्छुक पशुपतिस्थित आर्यघाट पुगेर थापाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??