एजेन्सी।
सुडानमा आजदेखि एक हप्ताका लागि युद्धविराम भएको छ। सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस ९आर।एस।एफ० बीच एकहप्ताका लागि युद्धविरामको सहमति भएको हो। सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेसका प्रमुखले आउँदो २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएको उल्लेख छ । सेना र अर्धसैनिक बलबीच वार्ताको तयारी भइरहेको छ। यसअघि पनि संयुक्त राष्ट्र सङ्घसहित अमेरिका, बेलायत र छिमेकी देशहरूको कुटनीतिक प्रयासपछि युद्धरत पक्षहरूबीच ७२ घण्टे युद्धविराम भएको भए पनि पालना हुन सकेको थिएन । पछिल्लो युद्धविरामको पनि पूर्ण कार्यान्वयन हुनेमा आशङ्का छ।