२२ बैशाख , काठमाण्डौ ।
आज चन्द्रग्रहण आज लाग्दैछ। आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने भएकाले बार्न नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ अर्थात् पृथ्वीको छायाँको कालो भाग देख्न नसकिने, समितिले जनाएको हो । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ । यसैलाई नै चन्द्र ग्रहण भनिने खगोलविद्ले बताउदै आएका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??