spot_img
spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नजाने, समर्थन पनि फिर्ता लिने निर्णय

spot_img

काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज शुक्रबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको स्रोतले जनाएको छ । आजको बैठकमा बोल्ने धेरैजसो केन्द्रीय सदस्य र सांसदहरूले अहिले धेरै दल मिलेर बनेको सरकारमा दुईरचार वटा मन्त्रालय लिएर जाँदा काम गर्न अप्ठेरो हुने र पार्टीप्रतिको लोकप्रियता कम हुने धारणा राखेका थिए । पार्टीले अब प्रतिपक्षमा बसेर नागरिकका आवाज बुलन्द गर्ने र सरकारका गलत कामको विरोध गर्ने जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ जना सांसद रहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img