रुपन्देही ।
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थीलाई बनाएर विदेश पठाउने प्रकरणमा संलग्न नभएको बताउनुभएकमो छ । आज (शनिबार) विज्ञप्ति जारी गर्दै आफ्नो यस ठगी प्रकरणमा संलग्नता नभएको उल्लेख गर्नुभयो। आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ,’ उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ।
अनुसन्धानको क्रममा प्रहरीले पूर्वगृहचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। प्रहरीले अर्का पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि पक्राउ गरेको छ। यस्तै नेकपा एमालेका सचिव समेत रहेका टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी छ। उहाँ हाल फरार हुनुहुन्छ । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। अनुसन्धानमा अझै पनि केही व्यक्तिहरू तानिन सक्ने प्रहरीले बताएको छ।




