एजेन्सी ।
अष्ट्रेलिया सरकारले १० अर्ब डलर बराबरको जिविकोपार्जन राहत प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजको मध्य वामपन्थी सरकारले मूल्य वृद्धिको मारमा परेका परिवार र व्यवसायका लागि भन्दै १० अर्ब अमेरिकी डलर बराबरको प्याकेज घोषणा गरेको हो । ३० वर्ष यताकै उच्च मूल्य वृद्धिको सामना गरिरहेको अष्ट्रेलियामा सरकारले संघीय बजेट सार्वजनिक गर्नु एकदिन अघि जीविकोपार्जन राहत बजेट घोषणा गरेको हो । यो बजेट ४ वर्षभित्र न्यून आय भएका ५० लाख परिवार, साना उद्यमीलाई वितरण गर्ने लक्ष्य लिइएको छ । अष्ट्रेलियाको केन्द्रीय बैंकले भने मुद्रा स्फिति दर अझै बढ्ने चेतावनी दिंदै बैंकको ब्याज पुनः बढाएको थियो ।