spot_img
spot_img
spot_img

सुनखानीमा भएको आगलागीमा परेर कम्तीमा २७ जनाको ज्यान गयो

spot_img

एजेन्सी ।

पेरुको एक सुनखानीमा भएको आगलागीमा परेर कम्तीमा २७ जनाको ज्यान गएको छ । प्रहरीले एक सय ७५ जनाको सकुशल उद्धार गरेको छ । खानी कम्पनी यानाक्विहुआले एक विज्ञप्ति निकालेर जमिनबाट एक सय मिटरभित्र भएको आगलागीमा २७ जनाको ज्यान गएको बताएको समाचार संस्था एपीले जनाएको छ । सरकारी अधिकारीले विद्युत शर्ट भएर आगो लागेको अनुमान गरेका छन् । खानी सहरभन्दा धेरै पर रहेकाले आपत्कालीन उद्धारमा कठिन भएको खबरमा उल्लेख छ ।

संसारको सबैभन्दा ठूलो सुन उत्पादकमध्ये एक पेरुले हरेक वर्ष एक सय टनभन्दा बढी सुन उत्पादन गर्दछ । यो विश्वको वार्षिक उत्पादनको चार प्रतिशत हो। यसअघि सन् २०२२ मा खानी दुर्घटनामा देशभर ३८ जनाको ज्यान गएको थियो । यस्तै सन् २००२ पेरुका लागि सबैभन्दा घातक वर्ष थियो जहाँ विभिन्न खानी दुर्घटनामा ७३ जनाको ज्यान गएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img