काठमाण्डौ ।
नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेका छन । एमाले महासचिव शंकर पोखरेलले आज (बुधबार) विज्ञप्ति निकालेर राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुङ्गो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जानकारी दिनुभएको हो । रायमाझीलाई यस प्रकरणमा सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धान सहयोग गर्न पनि केन्द्रीय सचिवालय बैठकले निर्देशन दिइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अझै फरार रहेका रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ भने उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।