एजेन्सी ।
गायक अरमान मलिकले बलिउडमा भइरहेको राजनीतिबारे खुलेर कुरा गरेका छन। अरमानले चलचित्र क्षेत्र छोड्ने निर्णय पनि गरेका छन् । उनले बलिउडका गायकहरूले चलचित्रमा गीत गाउँदा पारिश्रमिक नपाउने तथा गीत हिट भयो भने गायकले लाइभ शो मार्फत कमाइ गर्ने निर्माण पक्षको अनुमान रहने उनको भनाई छ। गायकले यो पनि खुलासा गरे कि उनी बिना कारण अन्तिम क्षणमा उनका गीतहरू बदलिन्थे, जसले उनलाई धेरै चोट पुर्याएको उनको जिकिर छ। यी सबै कुराबाट दिक्क भएर अब अरमानले बलिउड म्युजिक इन्डस्ट्री छोड्दैछन। यी सबै छोडेर उनी आफ्नो संगीतमा ध्यान दिन चाहन्छन् । राज शामनीको पोडकास्टमा अरमानले उनी धेरै पटक रिप्लेस हुनुपरेको खुलासा गरे।
उनले भने “मेरो जीवनको त्यो फेज थियो, जब प्रोजेक्टहरूबाट मेरो ठाउँमा अन्यलाई राखिन्थ्यो। यी सबै कुराबाट बाहिर निस्कनुपर्छ भन्ने लागेको छ ।’ उनले भने, ‘यी सबै कुराले मलाई निकै डर पैदा गर्यो म सोच्न थालेँ– के म राम्रो गायक होइन रु तर म गायकको रूपमा कस्तो छु भन्नेमा म ढुक्क छु।’ न्युजिल्यान्डमा केही समय बिताएपछि अब यो माहोलबाट बाहिर आएर आउन चाहेको अरमानले जानकारी दिए ।