कञ्चन ।
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी शुभेच्छुकहरुको एक भेलाले तुल बहादुर पुन (राहुल)को अध्यक्षतामा १७ सदस्यिय राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं ३ तदर्थ समिति गठन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चन गाउ कमिटिका संयोजक प्रेमचन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न भेलाले वडा कमिटी गठन गरेको हो। कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका लुम्बिनी प्रदेश सदस्य डा बुद्धि प्रसाद शर्माले देशभर मिसन ८४ अभियान सहितको संगठन विस्तार तिव्र चलिरहेको र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्था राख्ने शुभेच्छुकहरुको प्रारम्भिक भेला मार्फत वडा तथा गाँउकमिटी गठन प्रकृयालाई तिव्रता दिइरहेको बताउनुभयो।
देशमा सुशासन कायम गर्न र राज्य भएको प्रत्यक्ष अनुभव जनतालाई महसुस गराउनेगरी आगामी २०८४ को आम चुनावमा बहुमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनाउने पार्टीको मिसन रहेको प्रमुख अतिथि शर्माले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक भरत शर्माको स्वगत तथा पार्टीका सदस्य मन बहादुर थापा९मोती०को सञ्चालनमा हरैया बहुमखी क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।