spot_img
spot_img
spot_img

चक्रवात मोखा : म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु

spot_img

एजेन्सी ।

चक्रवाती आँधी मोखा बङ्गलादेश र म्यानमारको तटीय इलाकासँग ठोक्किएको छ । यो आँधी खतरनाक हुनसक्छ र यसका कारण तेज हावाका साथै भारी वर्षा जारी छ । तल्लो इलाकामा बस्ने मानिसलाई घर छोड्नुपर्ने हो कि भन्ने चिन्ताले सताइरहेको छ । विश्वको सबैभन्दा ठुलो शरणार्थी शिविर बङ्गलादेशको कक्स बजारमा बङ्गालको खाडीमा उठेको यो आँधीका कारण १३ सयभन्दा बढी झुपडी नष्ट भइसकेका छन् । यस्तै, म्यानमारमा यो आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । तटीय इलाकामा भूस्खलन र बाढीको स्थिति निम्तिएको छ । कक्स बजारमा तटीय इलाकामा प्रहरी पेट्रोलिङ गरिरहेको छ र लाउडस्पिकरबाट मानिसलाई घारभित्र बस्न भनिएको छ । आँधी बढेका कारण अब सडक खाली छ । आकाशमा कालो बादल मडारिएको छ र तेज हावासँगै वर्षा भइरहेको छ र मोखाको सुरुवात अघि पाँच लाखभन्दा मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ । कक्स बजारमा एक स्कुललाई शरणार्थी शिविरमा परिवर्तन गरिएको छ।

यहाँ सयौँ मानिसको भीड छ । त्यहाँ बच्चासहित पुगेका आमा, वृद्ध वृद्धा बेन्चमा सुत्न बाध्य छन् । मोखा आँधी अपराह्न करिब १२ बजे बङ्गलादेश र म्यानमारको तटीय इलाकासँग ठोक्कियो । यसको गति १७० किलोमिटर प्रति घण्टासम्म रहने र यति बेला समुद्रमा ३।६ मिटर अग्लो लहर उठ्ने आशङ्का जताइएको थियो । कक्स बजारमा करिब १० लाख शरणार्थी झुपडीमा बस्छन् । चक्रवात ठोक्किनु अघि क्याम्पमा वर्षा भइरहेको थियो र चेतावनीका लागि ठाउँ ठाउँमा रातो झन्डा राखिएका छन् । मोखा चक्रवात दुई दशकमा बङ्गलादेशबाट ठोक्किने सबैभन्दा शक्तिशाली आँधी साबित हुनसक्छ । आँधी बङ्गलादेश र म्यानमारतर्फ अघि बढ्ने आशङ्का बीच आसपासका हवाई अड्डा बन्द गरिएको थियो । माझीलाई काम छोडेर फिर्ता हुन भनियो र करिब १५ सय राहत सेल्टरहरू बनाइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img