१ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । गएको वैशाख २० गते रायमाझी बिरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो। फरार रहेका रायमाझी हिजो (आइतबार) काठमाण्डौको बूढानीलकण्ठबाट पक्राउ परेका हुन। प्रहरीले आज (सोमबार) अनुसन्धानका लागि म्याद थप गर्न रायमाझीलाई सरकारी वकिलको कार्यालय लगेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ।
प्रहरीले यसअघि पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खाँणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरिसकेको छ ।