spot_img
spot_img
spot_img

केन्याको जंगलमा गाडिएको अवस्थामा थप २२ जनाको शव फेला

spot_img

१ जेठ, एजेन्सी ।

अफ्रिकी मुलुक केन्यामा भोकै बसेका कारण मृत्यु हुनेहरुको धमाधम शव पेला पर्न थालेको छ । केन्याको शाकाहोला जंगलमा गाडिएको अवस्थामा थप २२ जनाको शव फेला परेपछि भोकै बसेकाहरुको विगत १५ दिनमा मृत्यु हुनेको संख्या २ सय १ पुगेको छ। हालै भेटिएको २२ वटा शवमा १२ बालबालिका रहेका छन् । केन्याका एक चर्चका नेता पाउल म्याकेन्जीले आफ्ना अनुयायीहरूलाई भोकै बसेमा ईश्वरसँग भेट हुने बताएपछि उनीहरु भोक-भोकै बसेका हुन्।

ट्याक्सी चालकबाट प्रचारक बनेका म्याकेन्जले भविष्यवाणी गर्दै आफना सयौं अनुयायीहरुलाई भोकै बस्न बाध्य तुल्याएका थिए । हाल प्रहरी हिरासतमा रहेका म्याकेन्जलाई केन्याको अदालतले जमानत अस्वीकार गरेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले मृत्यु प्रकरणमा संलग्न ती व्यक्तिलाई हदैसम्मको कारबाही हुने बताउँदै देशमा यस्ता किसिमको गतिविधि हुन नदिन सबैलाई सचेत तुल्याउनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img