spot_img
spot_img
spot_img

“नेपाली काङ्ग्रेस सबैको रोजाईको पार्टी बनाउन रुपान्तरण गर्न आवस्यक”

spot_img

भैरहवा ।

नेपाली कांग्रेसका अगुवा नेता तथा कार्यकर्ताहरुले पार्टीलाई सुधार गर्दै सबैको रोजाईएको पार्टी बनाउन रुपान्तरण गर्न आवस्यक रहेको मुखरित गरेका छन। नेपाली कांगे्रस रुपान्तरण अभियानले रुपन्देहीको भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण पार्टी कमजोर र बदनाम बनेको भन्दै उनिहरुले पार्टीलाई समयानुकुल रुपान्तरण गर्न जरुरी रहेको औल्याएका हुन् । भ्रष्टचारमा मुछिएका कुनै पनि नेतालाई उम्कन दिन नहुने बताउदै उनीहरुले भ्रष्टचारीको बिषयमा कोहि पनि उदार हुन जरुरी नभएको बताए वक्ताहरुले बताएका छन । बर्तमान पार्टी नेतृत्वको असक्षमताका कारण पार्टीले लय समात्न नसकेको बताउदै उनीहरुले युवा नेतृत्वले हस्तक्षेप गरेरै भएपनि पार्टीको नेतृत्व गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी कांग्रेस सुभेच्छुक नेता तथा कार्यकर्ताहरुले नीति महाधिबेशन तथा बिषेश महाधिबेशन बोलाएरै भएपनि पार्टीलाई जोगाउनुपर्ने समेत सुझाव दिएका छन ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य मधु आर्चाय, डा। गोबिन्द पोखरेल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पुर्व केन्द्रिय सदस्य गुरु घिमिरे, लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य बिरबहादुर राना, पार्टीका लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल, युवा नेता भुपेन्द्रजंग शाही,कांग्रेस नेताहरु फकरुद्धिन खान, रमा अर्याल, नेपाली कांग्रेस रुपन्देही उपसभापति थानेश्वर घिमिरे, हरैया बहुमुखी क्याम्पस, पुर्व स्ववियु सभापति तथा नेविसंघका नेता प्रकाश उपाध्याय पौडेल लगायतले बोल्दै पार्टीलाई कुनै नेताको नीजि मामिला, घरेलु मामिला हुन दिनबाट जोगाउदै साझा मामिला बनाउनु पर्नेमा जोड दिएका थिए। नेपाली कांग्रेसका नेता प्रमोदकुमार यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सदस्य बिष्णु पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा नेताहरुले कांग्रेसलाई युग सापेक्ष रुपान्तरण गर्दै लैजान अभियानको शुरुवात गरिएको र सांगठनिक सुशासन अभियानलाई पनि सँगसँगै लैजानुपर्ने आवस्यकतामा जोड दिएका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img