काठमाण्डौ ।
दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन। गएराति परेको चट्याङ लागेर डुङ्गेश्वर गाउँपालिका २ को लाँकुरी भन्ने गाउँमा घरमै सुतिरहेका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकघाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।घाइतेहरु मध्ये पारस र हेमालाई बढी चोट लागेको छ । घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??