३ जेठ, एजेन्सी ।
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ। फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई कारावासको सजाय सुनाएको हो। हतकडीसहित उनलाई अब एक वर्ष उनकै घरमा राख्ने र सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाउने गरी सजाय तोकेको एएफपीले जनाएको छ । ६८ वर्षका सार्कोजी पुनरावेदन अदालतको आदेश सुनेर विना कुनै टिप्पणी न्यायालयबाट बाहिरिएका थिए। उनले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए । सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिनेबित्तिकै कानुनी झमेलामा फसेका थिए । दोस्रो विश्व युद्धपछि जेल सजाय भोग्ने सार्कोजी फ्रान्सका पहिलो पूर्वराष्ट्रपति भएका छन।
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ। फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई कारावासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष उनकै घरमा राख्ने र सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाउने गरी सजाय तोकेको एएफपीले जनाएको छ। ६८ वर्षका सार्कोजी पुनरावेदन अदालतको आदेश सुनेर विना कुनै टिप्पणी न्यायालयबाट बाहिरिएका थिए। उनले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए । सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिनेबित्तिकै कानुनी झमेलामा फसेका थिए । दोस्रो विश्व युद्धपछि जेल सजाय भोग्ने सार्कोजी फ्रान्सका पहिलो पूर्वराष्ट्रपति भएका छन।




