३ जेठ, काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको भाडादर पनि घटेको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको हो। यातायात व्यबस्था विभागले बुधबार सूचना जारी गरी इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको छ। विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ। यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको बिभाग छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??