४ जेठ, काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्ग्सलाई १५ रनले हराउदै जित हासिल गरेको छ। गएराति धर्मशालामा भएको खेलमा २ सय १४ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन मात्रै बनाएको थियो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनायो। यो हारसँगै पञ्जाबको प्लेअफ सम्भावना अङ्क गणितीय मात्रै बाँकी रहेको छ। १३ खेलमा १२ अङ्क रहेको पञ्जाब तालिकाको आठौँ र समान खेलमा १० अङ्क रहेको दिल्ली नवौँ स्थानमा रहेको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??