काठमाडौं ।
आइपिएल टि–ट्वेन्टी क्रिकेटमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराएको छ । हैदरावादको राजिव गान्धी रंगशालामा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै १ सय ८७ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर २ बलमा २ विकेट गुमाएर उक्त लक्ष्य पार गरको थियो । जितसँगै बैंग्लोरले प्ले अफ्मा पुग्ने संभावना बलियो पारेको छ । १० टोली सहभागि आइपिएल क्रिकेटको यो संस्करणमा अब सबै टोलीले समुह चरणको एउटा एउटा खेल खेल्न बाँकी छ । शुक्रबार राती राजस्थान रोयल्सले पञ्जाव किङ्सको सामना गर्नेछ ।