काठमाडौं ।
काठमाडौं उपत्यकामा रहेका नदिकिनारमा बसिरहेका सुकुम्बासीहरुलाई स्थानान्तरण गरिने भएको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौका सबै भूमिहिन सुकुम्बासीलाई नदी किनारबाट स्थानतरण गरी नदी किनार खाली गरिने बताउनुभएको हो। पछिल्लो समय काठमाडौं महानगरपालिका मेयर बालेन साहले सुकुम्बासी स्थानतरण गर्ने प्रकृया सुरु गरेसँगै सुकुम्बासी समस्या बढ्दो छ। यस्तो अवस्था मा सरकारले नै सुकुम्बासी स्थान्तरणलाई नीति तथा कार्यक्रममा समेटेको हो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??