काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०\०८१ मा विद्यमान कर प्रणालीमा पुनरवलोकन गरिने जानकारी दिएका हुन। राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने जानकारी दिँदै उनले उनले राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने बताए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??