कञ्चन ।
रुपन्देहीको कञ्चनमा कृयाशिल कञ्चन जेसिज बर्ष २०२३ द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बिहिवार सम्पन्न उक्त रक्तदान कार्यक्रममा ५० यनिट रगत संकलन गरिएको छ। कार्यक्रमको कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले रक्तदान गरी शुभारम्भ गर्नुभएको हो। रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले रक्तदान सम्पुर्ण दानहरुको पनि उच्चस्थानको दान भएको उल्लेख गर्नुभएको छ। रक्तदानले जिवन र मृत्युको संघर्षमा रहेका व्यक्तिहरुको पुर्नजिवन दिने भएकोले रक्तदान सबैभन्दा ठूलो पुण्य र सत्कर्म भएको गाउपालिकका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नवराज ढकालले बताउनुभयो। रक्तदान पश्चात गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले रक्तदानले मृत्युको शैयामा छटपटाई अमुल्य जिवनको खोजीमा रहका ब्यक्तिहरुलाई नयाँ जिवन दिने भएकोले रक्तदान गर्ने कार्यमा आफुलाई सधै अग्रस्थानमा राख्दै आइरहेको बताउनुभयो। कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष तथा लहर सामाजिक उद्यमी महिला सहकारी संस्था, कञ्चन १, रुपन्देहीका अध्यक्ष राधिका चौधरीले रक्तदाताहरुलाई स्वागत गर्दै रक्तदाता उिउदो भगवान भएको बताउनुभयो।
कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेल, कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेल, जेसिजका शुभेच्छुक शालिकराम पौडेल, कञ्चन जेसिजको पदाधिकारी, जनप्रतिनीधि, बिभिन्न संघसंस्थाका प्रतिनीधि तथा रक्तदाताहरुको सहभागिता रहेको कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२३ का अध्यक्ष तथा रक्तदान कार्यक्रमका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नु हुने रक्तदाताहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा जेसिजबाट संचालन हुने हरेक कार्यक्रमहरुमा सकारात्मक सहयोग र सल्लाह प्राप्त हुने विश्वास गर्नु भयो। लहर सामाजिक उद्यमी महिला सहकारी संस्था, कञ्चन १ रुपन्देहीको सहकार्यमा कञ्चन १ को बेलभरियामा सम्पन्न रक्तदान कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२३ का महाधिबेशन प्रतिनीधि दुर्गा पोख्रेलले कार्यक्रम संचालन गर्नुभएको थियो।