काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हराउदै जित हाँसिल गरेको छ। गएराति हिमाञ्चल प्रदेशको धरमशालामा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । जितसँगै राजस्थानको १४ खेलमा १४ अंक भएको छ भने राजस्थान तालिकाको पाँचौ स्थानमा छ । समान खेलमा १२ अंक रहेको पन्जाब आठौँ स्थानमा रहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??