काठमाडौं।
गुल्मीको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ। रेसुङ्गा नगरपालिकाको वडानम्बर–८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागेको भएपनि नियन्त्रणमा आउन भने सकेको छैन। डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षाकर्मी परिचालन भएपनि डढेलो नियन्त्रणमा आउन नसकेको हो। डढेलोले रेसुङ्गा नरगपालिकाको खानिगाउँ क्षेत्र जोखिममा परेको छ ।यस वर्ष जिल्लामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??