spot_img
spot_img
spot_img

जिल्ला खो खो संघ रुपन्देहीको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा राजकुमार थापा चयन

spot_img

कञ्चन ।
जिल्ला खो खो संघ, रुपन्देहीको नवौ साधारण सभा तथा तेश्रो अधिबेशन शनिवार सम्पन्न भएको छ। अधिबेशनले आगामी ३ बर्षका लागि खो खो खेलका प्रशिक्षक राजकुमार थापाको अध्यययक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति पुनः गठन गरेको छ। पुनः गठित नयाँ कार्य समितिको उपाध्यक्षमा देवदहका अमृत काफ्ले, सचिवमा कञ्चनका गंगालाल पौडेल, कोषाध्यक्षमा सियारीका तारा कुमारी गुप्ता र सह सचिवमा गैडहवाका दिलिप कुमार बानिया निर्वाचित हुनुभएको छ। यस्तै अधिबेशनबाट सदस्यहरुमा चन्द्रकला थापा(सियारी), रामु पाण्डे.तिलत्तोमा), राजन पौडेल(शुद्धोधन), अञ्जली थापा(कञ्चन), भरत सारु(गैडहवा), मनकुमारी राना( सैनामैना), यमलाल अर्याल(बुटवल उपमहानगरपालिका), करुणा थापा(सिनपा) निर्वाचित हुनुभएको छ।

खो खो संघ, लुम्बिनीका अध्यक्ष तथा जिल्ला खो खो संघ रुपन्देहीका अध्यक्ष तुलबहादुर थापाले रुपन्देहीमा खो खो खेलको क्रेज बढ्दै गइरहेको खो खो खेलप्रति खेलाडीहरुको आकर्षण बढेको बताउनु भयो। जिल्ला खो खो संघ रुपन्देहीका निर्वतमान अध्यक्ष समेत रहनु भएका थापाले रुपन्देहीमा संघको स्थापना गर्दा खो खो खेलाडी नगण्यमात्रामा रहेपनि अहिले कञ्चन र गैडहवामा मात्र १०० भन्दा बढी खो खो खेलाडी उत्पादित भैसकेको र ती खेलाडीहरुले आवस्यकता अनुसार खो खो खेलको प्रशिक्षण दिन सक्ने क्षमता समेत भएको बताउनुभयो।

जिल्ला खो खो संघ रुपन्देहीका नव निर्वाचित अध्यक्ष राजकुमार थापाले आगामी तिन बर्षमा रुपन्देहीको १६ वटै स्थानीय तहमा खो खो खेलको बिस्तार गर्न स्थानीय तहका खेलाडी, प्रशिक्षक, शुभेच्छुकहरुसंगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो। रुपन्देहीको कञ्चनमा १० जना पुरुष तर्फका खो खो खेलाडीहरुले खेलकुद बिकास समितिको छात्रबृत्तिमा प्रशिक्षण लिइरहेका छन। जिल्ला खो खो संघ रुपन्ेदहीका अध्यक्ष तुल बहादुर थापाको अध्यक्षता तथा सचिव गंगालाल पौडेलको सञ्चालमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृत काफ्लेले स्वागत गर्नु भएको थियो। हिमालय आधारभुत बिद्यालयमा सम्पन्न भएको हो। नव निर्वाचित कार्य समितिको आज नै बसेको पहिलो पुर्ण बैठकले पत्रकार तथा कञ्चन खवर डटकमका प्रबन्ध संचालक जगीलाल थापालाई प्रेस सल्लाहकारको रुपमा मनोनित समेत गरेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img