काठमाडौं ।
सगरमाथा आरोहण गर्ने क्रममा यो सिजनमा मात्रै ११ जनाले ज्यान गुमाएका छन। शुक्रबार एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै यो सिजनमात्रै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो। सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिले जानकारी दिएको छ । सगरमाथा आरोहण गर्न यो सिजन अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ४ सय ६६ आरोहीले अनुमति लिएका थिए तीमध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिपोर्ट भने तयार भईरहेको पर्यटन बोर्डले जानकारी गराएको छ। यस सिजनमा कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको छ।