काठमाण्डौ।
पूर्वी रुकुमको हुकाममा भूकम्प गएको छ। पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि वैशाख २८ गते बाजुराको बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। बैशाख महिनामा मात्रै बाजुरा केन्द्रविन्दु भएर ६ पटक भूकम्प गएको तथ्याङ्क रहेको छ। भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिमी क्षेत्रमा जमिन मुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो । जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दालाई अहिलेदेखि नै सावधानी अपनाउन र पूर्वतयारी गर्न पनि उहाँको सुझाव छ ।