काठमाण्डौ ।
सुक्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक अहिले सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ को ३ नम्बर पुलमा सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सकेपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक पौने पाँच बजेदेखि सञ्चालनमा आएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??