११ जेठ, एजेन्सी ।
आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले भारत र अष्ट्रेलियाले आप्रवासन सम्झौताको घोषणा गरेका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एन्थोनी अल्बानीजबीच सम्झौतामा सहमति भएको हो । सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुईतर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन। यस्तै, मोदीले भारत र अष्ट्रेलियाको सम्बन्ध सुमधुर भइरहेको पनि बताउनु भएको छ । उहाँले दुई देशबीचको सम्बन्धले विश्वमै प्रभाव पार्ने बताउनुभयो । क्षेत्रीय स्थिरता, विश्व शान्ति र कल्याणसँग पनि भारत र अष्ट्रेलियाको सम्बन्ध जोडिएको उहाँको भनाइ छ।




