काठमाडौं ।
प्रतिनिधि सभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार साँझ ६ बजेका लागि बोलाईएको बैठक पुनः बैठक बस्न नसकेपछि शनिबारका लागि स्थगित गरिएको हो । माओवादी सांसदले तत्कालिन एमाले नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तलको हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद् बैठक अवरुद्ध गरेको थियो । सहमति हुन नसकेपछि बैठक शनिबार ४ बजे बोलाइएको जनाईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??