एजेन्सी ।
भारतीय चर्चित गायक अरिजित सिंहको चण्डीगढ कन्सर्टको नक्कली प्रचार गर्नेविरुद्ध उजुरी दर्ता भएको छ । अरिजितले आफ्ना गीतहरूबाट आफ्ना प्रसंशकलाई मोहित पार्छन्। सामाजिक सञ्जालदेखि रियल लाइफसम्म उनलाई र उनको गीतलाई मानिसहरुले निकै मन पराउँछन् । गायन क्षेत्रमा उनको ठूलो फ्यान फलोइङ छ । यसैबीच अरिजितले चण्डीगढमा गर्ने भनिएको कन्सर्ट स्थगित भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार अरिजितले मे २७ को कन्सर्ट स्थगित गरेपछि कार्यक्रम व्यवस्थापनले छिट्टै नयाँ मिति घोषणा गर्ने जनाएको छ । खराब मौसमका कारण यो कन्सर्टको मिति सारिएको बताइएको छ। यसका साथै कार्यक्रमलाई लिएर केही नक्कली प्रचारहरू पनि भइरहेको कारण उजुरी दर्ता गरिएको हो ।
ग्रीन हाउस इन्डिया’ नामक इन्स्टाग्राम अकाउन्टले नक्कली पोस्टरमार्फत आफूलाई कन्सर्टको निर्माता दावी गर्दै आफ्नो रेस्टुरेन्टको प्रर्वद्धनका लागि निस्शुल्क टिकट दिने गरेको समाचारमा उल्लेख गरिएको छ। उक्त उजुरीलाई लिएर प्रहरीले साइबर क्राइम प्रहरी चौकीमा सेक्टर १७ मा मुद्दा दर्ता गरेको छ। यस मामिलामा भारतीय दण्ड संहिताको धारा ४१९, ४२० (धोखा) र १२० बी ९आपराधिक षड्यन्त्र० अन्तर्गत मुद्दा दर्ता गरिएको छ।




