काठमाण्डौ ।
एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ । आज आइतबार त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्बेकिस्तानलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेट गुमाएको नेपालले त्यसपछिको तीन सेट जितेको हो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जित्यो । यो हारसँगै उज्बेकिस्तान प्रतियोगितामा चौथो भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??