काठमाण्डौ ।
सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ रकम छुट्याएको छ । ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक चार हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ भने ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको जनाईएको छ । सरकारले छात्रवृत्ति, स्वास्थ्योपचार, स्वास्थ्य बिमालगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??