spot_img
spot_img
spot_img

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणका लागि प्रस्थान

spot_img

काठमाण्डौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ ।आज (बुधबार) दिउँसो प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली प्रस्थानका लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले भोलि (बिहीबार) भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ भने भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img