कञ्चन ।
रुपन्देहीको कञ्चनमा बालबालिका तथा किशोर किशोरीहरुलाई सुर्तिजन्य पदार्थको खरिद बिक्री कार्यमा निषेध गर्नका लागि आयोजित सरोकारवाला तथा सेवा प्रदायकहरुसंग बहस तथा पैरवी कार्यक्रममा किशोर किशोरीहरुलाई कुनै पनि सुर्तिजन्य पदार्थको बिक्रीवितरण कार्यमा रोक लगाउनु पर्नेमा जोड दिइएको छ। गजेडी साथी सञ्जालको आयोजनामा आयोजित कार्यक्रममा सुर्तिजन्य पदार्थको बिक्री वितरण गर्न सरोकारवाला बढी जिम्मेवार हुनुपर्नेमा सहभागीहरुले जोड दिएका हुन। कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं। १ का वडा अध्यक्ष हरि नारायण थारुले कञ्चन गाउपालिकालाई सुर्तिजन्य पदार्थको बिक्री वितरणमा शुन्य ल्याउन नसकिएपनि कम्तीमा किशोर किशोरीहरुलाई ती कार्यहरुबाट जोगाउनु पर्ने उल्लेख गर्नु भयो। पालिकास्तरिय अनुगमन गर्ने कार्यलाई कडाई गर्न सके र बिद्यालय तथा सार्वजनिक स्थान तथा कार्यालय वरीपरी सुर्तिजन्य पदार्थको बिक्री बितरणको कार्यलाई निरुत्साहित गर्न सके भावि सन्ततीलाई सुर्तिजन्य पदार्थ, मादक पदार्थ तथा लागुऔषध सेवनमा शुन्य बनाउन सकिने वडा अध्यक्ष थारुले विश्वास ब्यक्त गर्नु भयो।
सुनगाभा सामुदायिक बिकास केन्द्र तथा स्ट्रोम फाउण्डेशनको सहयोगमा सञ्चालन भएको कार्यक्रममा श्री प्रगती नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक गणेश पौडेलले किशोर किशोरीहरुलाई सुर्तिजन्य पदार्थको बिक्री वितरण र सेवनलाई निरुत्साहित गर्न अभिभावकस्तरमा सचेतनामुलक कार्यक्रम र अभिभावक शिक्षा संचालन गर्नु पर्ने बताउनु भयो। पुर्व लागु औषध प्रयोगकर्ता तथा अल्फा फाउण्डेशनका कमल कार्कीले कुनैपनि किशोर किशोरीहरुलाई लागुऔषध दुरुपयोगबाट सुरक्षित राख्न गाली तथा दण्डित गरेर नभई उचित समयमा उचित परामर्श आवस्यक रहेको बताउनु भयो। आफुले लागु औषध सेवन गर्दा धेरै पटक दण्डितमा परेको तर लागु औषधको दलदलबाट निस्किन नसकेको बताउदै पछि मेरो परिवार र म भित्र परिवर्तन हुने दृढ इच्छाशक्तीका कारण सुधार केन्द्रको बसाइबाट बिस्तारै लागु औषध सेवनको दलदलबाट निस्किन सफल भएको पुर्व लागु औषधकर्ता कार्कीले स्मरण गर्नुभयो। गजेडी साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीले कार्यक्रमको उद्धेश्य र आवस्यकताबारे चर्चा गर्दै किशोर किशोरीहरुलाई देशको सभ्य र असल नागरिकको रुपमा तयार गर्न स्थानीय तहले बिद्यालय र समुदायस्तरमा असल र ब्यबहारिक शिक्षामा जोड दिदै बिद्यालय तथा सार्वजनिक स्थान र कार्यालय वरीपरी सुर्तिजन्य पदार्थको बिक्री वितरणमा पुर्ण रुपमा निषेध गर्ने नीति अख्तियार गर्न हिम्मत गर्नु पर्नेमा जोड दिनुभयो। कार्यक्रमम कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य रञ्जना थारु, सुनगाभा सामुदायिक बिकास केन्द्रका कोषाध्यक्ष खडानन्द ज्ञवाली, बुद्धभुमी आधारभुत बिद्यालयका प्रधानाध्यापक लिलाधर शर्मा, ज्ञानज्योती माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक तिलक प्रसाद लोध, सुनगाभा सामुदायिक बिकास केन्द्रका सम्वाद परियोजनाका फोकल पर्सन श्रृजना चौधरी, युवा क्लवहरुको तर्फबाट दीवाकरण क्षेत्री र धनराज बि।क। लगायतले किशोर किशोरीहरुलाई सुर्तिजन्य पदार्थको बिक्री बितरण, मादक पदार्थ तथा लागु औषध दुरुपयोग गर्न र गराउनबाट सुरक्षित गर्न वडा, स्वास्थ्य कार्यालय, सुरक्षा प्रशासन, आमा समूह, क्लव, टोल बिकास संस्था समेत जिम्मेवार हुनुपर्ने र समय समयमा अनुगमन तथा सचेतनामुलक कार्यक्रमहरु पनि नियमित रुपमा अभिभावक तहसम्म पुग्नेगरी संचालन गर्नु पर्नेमा जोड दिनुभएको थियो। कञ्चन साथी सञ्जालका अध्यक्ष टीका थापा मगरले सहजिकरण गर्नु भएको सरोकारवाला तथा सेवा प्रदायकहरुसंग बहस तथा पैरवी कार्यक्रममा गजेडी साथी सञ्जालका उपाध्यक्ष उषा सुनारको अध्यक्षता तथा सञ्जालका सहसचिव अस्मिता पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कञ्चन १ र २,कञ्चन साथी सञ्जाल, गजेडी स्वास्थ्य चौकी, प्रहरी चौकी बेउरी ,बिधालय, टोल बिकास संस्था, आमा समुह, अल्फा फाउण्डेशन, युवा क्लव तथा स्थानीय सञ्चार गृह कञ्चन खवरको समन्वय र सहकार्यमा प्रगती नमुना माध्यमिक बिद्यालय, कञ्चन १ बेलभयिामा भएको कार्याक्रममा कृष्णा थारुले स्वागत गर्नु भएको थियो।