देवदह ।
रुपन्देहीको देवदहमा उज्यालोमा उपकार कार्यक्रम सम्पन्न भएको छ। उपकार सेवा नेपालको सहयोग, अपाङ्ग समाज सेवा केन्द्र देवदहको सहकार्य र उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा ूफरक क्षमताू भएकाहरूलाई प्रेम सहितको उपहार (ह्विलचियर) वितरण कार्यक्रम सप्पन्न भएको हो। कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले फरक क्षमता भएका व्यक्तिहरुले अवसर पाए जे पनि काम गर्न सक्ने हुदा कुनै हीनतावोध नगरी उच्च मनोबलका साथ अगाडी बढ्न आग्रह गर्नुभएको थियो। नगर प्रमुख खरेलले आफ्नो स्थापना काल देखि नै मानवीय सेवामा लाग्ने उज्यालो लाल्टिन प्रतिष्ठानको कामको प्रशंसा गर्नुभएको थियो। जो हिडडुल गर्न सक्नुहुन्न उहाँहरूका लागि यो कामले निक्कै महत्व राख्ने उहाले बताउनुभयो। सोहि अवसरमा बोल्दै उपकार सेवा नेपालका सचिव सञ्जय क्षेष्ठले मानवीय सेवा गर्न पाउनु आफैमा सौभाग्यको विषय रहेको र आफुभन्दा कम भाग्यशालीलाई सहयोग गर्नु र सेवा गर्नु हामी सबैको कर्तव्य रहेको बताउनुभयो। देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, अपाङ्ग समाज सेवा केन्द्र देवदहका अध्यक्ष बालकुमार क्षेष्ठ लगाएतले बोल्दै फरक क्षमता भएका ब्यक्तिहरुले पनि सँसारमा एकसे एक उदाहरणीय कार्य गरेको बताए।
देवदह नगरपालिका भित्रका ८ जना असक्त नागरिकलाई सनिवार ह्विल चेयर वितरण गरिएको थियो। प्रतिष्ठानले वडा नम्बर ४ को फिरिया कठरिया, वडा नं ५ को डिल कुमारी जैसी, वडा नं ५ को आयुश्मा लामिछाने, वडा नं ७ को तिलोत्तमा पाण्डे, वडा नं ८ को अशोक कुमार थारु, वडा नं ३ को प्रेम बहादुर जोगी, वडा नं १२ को पुजनी हरिजन लाई ह्विल चेयर उपलब्ध गराएको छ । ह्विल चेयर पाए संगै हिडडुल गर्न सहज हुने भन्दै उहारुले प्रतिष्ठानलाई धन्यबाद दिनुभएको थियो। कार्यक्रममा उपकार सेवा नेपालकाकोषाध्यक्ष दिपीका क्षेष्ठ, पब्लिक रिलेसन अफिसर बसन्त खंडेल, प्रतिष्ठानका पूर्व अध्यक्ष सागर कंडेल, जनजागरण युवा क्लबका अध्यक्ष गोपाल पाण्डे, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष विमल भुषाल लगाएतको आतिथ्यता रहेको थियो। कार्यक्रम उज्यालो लाल्टिन प्रतिष्ठानका सदस्य सुरज भट्टराईको अध्यक्षता, प्रतिष्ठानको सदस्य तथा कार्यक्रम संयोजक यमुना गैरेको स्वागत र सदस्य एलिना हमालको संचालनमा भएको थियो।