spot_img
spot_img
spot_img

भारतको ओडिसामा भएको रेल दुर्घटनामा परेकाको उद्धार सकियो

spot_img

२१ जेठ, एजेन्सी ।

भारतको ओडिसामा रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भएको छ । ओडिसामा शुक्रवार बेलुका भएको दुर्घटनामा अहिलेसम्म २ सय ८८ जनाको ज्यान गएको छ । आठ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको उद्धारकर्मीले बताएका बीबीसी हिन्दीले जनाएको छ । उद्धारको काम सकेर दुर्घटनास्थलमा पुनर्निर्माणको काम सुरु भएको रेल मन्त्रालयले जनाएको छ । दुई वटा रेल एकआपसमा ठोक्किएका थिए । ती रेलमा झण्डै दुई हजार जना यात्रु थिए । हिजो प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको भ्रमण समेत गर्नुभएको थियो । त्यसक्रममा उहाँले घटनामा दोषी पाइएकालाई कडा सजाय दिइने प्रतिबद्धता जनाउनुभएको छ। भारतमा विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क छ । सरकारले पूर्वाधार सुधार गर्न अर्बौ लगानी पनि गरिरहेको छ । तर भारतमा रेल दुर्घटनाहरू सामान्य जस्तै बनेका छन् । यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो । त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्रयाकबाट नदीमा खस्दा कम्तीमा ८ सय जनाको ज्यान गएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img