spot_img
spot_img
spot_img

चीन र अमेरिकाबीचको टकराव विश्वकै लागि असह्य हुने चिनियाँ रक्षामन्त्रीको भनाई

spot_img

एजेन्सी ।

चिनियाँ रक्षामन्त्री लि साङफुले चीन र अमेरिकाबीचको टकराव सिंगो विश्वका लागि पीडादायी हुने बताउनु भएको छ । एशियाका वरिष्ठ सुरक्षाविद्हरु संलग्न साङ्ग्रीला संवादमा बोल्दै रक्षामन्त्री लि ले चीन–अमेरिकाबीच हुने कुनै पनि टकरावले विश्वमै असह्य पीडा र आपत निम्त्याउने बताउनुभयो । चीन र अमेरिका विल्कुल फरक प्रणाली अँगालेका देश हुन र धेरै विषयमा फरक छन् भन्दै उहाँले यसकै कारण साझा विन्दु र सहयोगका क्षेत्रबाट यी दुई देशलाई अलग राख्नु नहुने बताउनुभयो । एशियामा नाटो जस्तै सैन्य संगठन बनाउने चेष्टा नगर्न अमेरिकीलाई चेतावनी दिंदै उहाँले त्यसले एशियालाई द्वन्दको दलदलमा फसाउने ठोकुवा पनि गर्नुभयो । ताइवान, साउथ चाइना सी र हालै अमेरिकाले चिनियाँ चिप्समा लगाएको प्रतिबन्धलगायतका थुप्रै विषयमा चर्को मतभेद रहेको छ । जसका कारण बेला बेलामा यी दुई देशबीच तनाव उत्पन्न हुदै आएको छ । तर, प्रत्यक्ष टकराव भने अहिलेसम्म भएको छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img