spot_img
spot_img
spot_img

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना

spot_img

२१ जेठ, एजेन्सी ।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बङ्गलादेशी नागरिकमाथि लगाइएको भर्खरैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गर्नुभएको छ । हामी अरूमा निर्भर हुने छैनौँ। कसले हामीलाई भिसा दिँदैन वा कसले प्रतिबन्ध लगाउने भन्ने चिन्ता गर्नुको कुनै अर्थ छैन’, हसिनाको यो टिप्पणी शनिवार युनाइटेड न्युज अफ बङ्गलादेशले उद्धृत गरेको छ। नयाँ नीतिअन्तर्गत बङ्गलादेशका वर्तमान र पूर्वअधिकारीहरू, सरकार समर्थक र विपक्षी राजनीतिक दलका सदस्यहरू र कानुन प्रवर्तन निकायका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाका सदस्यहरूमाथि प्रतिबन्ध लगाइएको छ ।

यो नीति बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण राष्ट्रिय चुनावलाई समर्थन गर्न बनाइएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले मे २४ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री हसिनाले बङ्गलादेशमा अर्को आम चुनाव अवामी लिग सरकार अन्तर्गत हुने कुरा स्पष्ट गरिसक्नुभएको छ । अब चुनाव सन् २०२४ को सुरुमा हुनेछ । अहिलेको सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टीबाट चुनौतीको सामना गर्नुपर्ने आँकलन हुँदैछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img