सनु थापा मगर, बुटवल ।
नेपाल मगर महिला संघ बुटवल उपमहानगर वडा नंं २ इकाई समितिको एघारौं साधारण सभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ। सोमबार बुटवलमा सम्पन्न अधिवेशनबाट रम्भा थापा मगरको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। अधिबेशनबाट उपाध्यक्षमा टोपली सारु मगर, सचिवमा शशीकला कुँवर मगर, सहसचिवमा रिता राना मगर र कोषाध्यक्षमा शान्ति ठाडा मगर सर्वसम्मत् निर्वाचित हुनुभएको छ। त्यसै गरी सदस्यहरुमा दुर्गा राना मगर, शोनी थामी मगर, धनु थापा मगर, बसन्ती थापा मगर, शुसिला थापा मगर, यशोदा आले मगर र टिका थापा मगर निर्वाचित हुनुभएको छ।
तीन जना पछि मनोनयन गर्ने छ। नवनिर्वाचित कार्यसमितिलाई नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठीघरे मगर, नेपाल मगर महिला संघ बुटवल उपमहानगर समिति अध्यक्ष सरिता श्रीस मगर, बुटवल उपहानगरपालिका वडा नं २ का वडा अध्यक्ष सुनिल शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा मगर, नेपाल मगर महिला संघ बुटवल २ नं वडाका संस्थापक एवं संघका बुटवल उपमहानगरपालिका समिति उपाध्यक्ष नारायणी पाटामगर, नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष चेतन ठाडा मगर, नेपाल मगर संघ बुटवल वडा नं २ समितिका अध्यक्ष हिरा बहादुर वाकाबल मगर, संघका निवर्तमान अध्यक्ष सानुमाया दर्लामी मगर लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । नेपाल मगर महिला संघले महिलाहरुको नेतृत्व विकास, महिला सशक्तिकरणका साथै सांस्कृतिक मूल्य र मान्यतालाई संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ ।