कञ्चन ।
नेपाल शिक्षक संघ, कञ्चन गाउ कार्य समिति रुपन्देहीद्वारा नेपाल बिद्यालय कर्मचारी परिषदका् नेतृत्वमा गत जेठ २१ गते देखि जारी आन्दोलन प्रति एक्यवद्धता जनाउदै प्रेस विज्ञप्ती जारी गरेको छ। नेपाल बिद्यालय कर्मचारी परिषदले सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुको तलवमान निर्धारण नगरेको भन्दै जेठ २१ गते देखि विद्यालयको तालाचावी बिद्यालयलाई बुझाएर शिक्षा शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालयमा शान्तीपुर्ण धर्ना दिदै आइरहेका छन। संघका अध्यक्ष जिवराज पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा २०८० ज्येष्ठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीद्धारा प्रस्तुत आर्थिक वर्ष २०८०÷२०८१ को बजेट मार्फत नेपाली शिक्षकहरुले लामो समय देखि उठाउदै आएका एवम् नेपाल शिक्षक महासघं र सरकार बिच भएको ५१ बुँदे सहमति, बाल शिक्षा शिक्षक र विद्यालय कर्मचारीहरु लगायता पक्षहरुसँग पटक पटक भएका शिक्षा क्षेत्रको विकास तथा यस क्षेत्रमा सम्बद शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षा शिक्षक लगायका अनेकन समस्या बजेट मार्फत संवोधन हुनेमा नेपाली शिक्षक तथा आवद्ध सवै पक्ष विश्वस्त रहेकोमा विगतमा भएका सम्झौता तथा अन्तराष्ट्रिय फोरममा गरिएका प्रतिबद्धतालाई समेत लत्याउदै बजेट प्रस्तुत गरिएकोमा कञ्चन गाँउ पालिका समिति गम्भीर आपति तथा खेद प्रकट गरिएको छ ।
“देशको सर्वपक्षिय विकास भनेको नै शिक्षाको विकास हो भन्ने आर्दश वाक्यलाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा न्युन्त्तम २० प्रतिशत बजेट विनियोजन हुनु पर्नेमा सो विषय सम्वोधन नहुनु र्दुभाग्य हो । यसका अतिरिक्त न्युन तलवमानमा कार्यरत विद्यालय कर्मचारी तथा बाल विकास शिक्षकहरुका माग संवोधन नहुनु, शिक्षक अस्पताल निर्माणमा बजेट विनियोजन नगरिनु, दिवा खाजा कार्यक्रममा कक्षा वृद्धि तथा न्युन्तम रकममा वृद्धि नगरिनु एवम् राहत, करार, साविक उच्च मा वि लगाएत शिक्षकहरुको स्थात्यि तथा अनुदान रकमको सुनिश्चतता नगरिनु, आबधिक बढुवा, ग्रेड र तलबमानमा भएको असमानताको अन्तय नगरिनु आदि नेपाल शिक्षक सघंले उठाउदै आएका शिक्षा क्षेत्रका र पेशागत माग समेत नेपाल सरकारबाट सम्बोधन नहुनु र्दभाग्यपूर्ण रहेको ठहर गर्दै उक्त मागहरु तत्काल सम्बोधन गर्नका लागि नेपाल शिक्षक सघं कञ्चन गाँउपालिका समिति जोडदार माग गर्दछ” बिवज्ञप्तीमा उल्लेख छ। यही ज्येष्ठ १५ गते प्रस्तुत भएको बजेटमा नेपाल विद्यालय कर्मचारी परिषदले उठान गरेका मागहरु नभए पश्चात २०८० ज्येष्ठ १५ गते देखि नै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएकोमा उक्त आन्दोलन प्रति नेपाल शिक्षक सघं कञ्चन गाँउपालिका समितिको साथ सहयोग र एक्यवद्धता रहेको र यस अभियानमा सहयोग गर्नुहुन् सम्वद्ध सरोकारवाला पक्षसँग हार्दिक अनुरोध गर्दै नेपाल विद्यालय कर्मचारी परिषदले राखेका सम्पूर्ण मागहरु अविलम्व सम्बोधन गर्न नेपाल सरकार समक्ष संघले आग्रह गरको छ।