spot_img
spot_img
spot_img

अफ्रिकी देश घानाबाट नर्सहरूको पलायन बढ्दो

spot_img

एजेन्सी ।

पश्चिम अफ्रिकी देश घानाबाट नर्सहरुको पलायन बढ्दै गएको छ । सन् २०२२ मा घानाका एक हजार दुई सय जना भन्दा धेरै नर्सहरू बेलायतमा नर्सिङ सेवाका लागि दर्ता भएको तथ्याङ्क छ । नर्स र कुल जनसङ्ख्याको अनुपात कम भएका जोखिमयुक्त देशहरूको सूचीमा घाना ५५औँ स्थानमा पर्छ । बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० पदपूर्तिका लागि ईयू सदस्य देशहरु भन्दा अन्य देशका जनशक्तिमा भर परेको छ ।

विश्वको सबैभन्दा ठूलो नर्सिङ समूह इन्टरनेशनल काउन्सिल अफ नर्सेस ९आईसीएन०का प्रमुख हवार्ड क्याटन घानाजस्ता गरिब देशबाट बाहिरिने जनशक्तिको सङ्ख्यालाई लिएर चिन्ता गर्नुपर्ने अवस्था आएको बताउनुहुन्छ । उच्च आय भएका देशहरूले गरिब देशबाट नर्सहरू भित्र्याउने क्रम बढ्दै गएको छ। दक्ष जनशक्ति पलायन भएका कारण ती गरिब देशहरुको स्वास्थ्य प्रणाली बिग्रँदो छ । मुख्य गरी विशेषज्ञ नर्सहरूले अन्य देशमा राम्रो पारिश्रमिकका लागि देश छाडिरहेका बीबीसीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img