spot_img
spot_img
spot_img

बङ्लादेशमा ट्रक र जीप ठोक्किँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

spot_img

एजेन्सी ।

बङ्लादेशको सिलेट जिल्लामा ट्रक र जीप ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् । राजधानी ढाकाबाट झण्डै २ सय ४० किलोमिटर उत्तरपूर्वमा रहेको सिलेटमा हिजो भएको दुर्घटनामा धेरैजसो मजदुर परेका सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । बङ्लादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा धेरै छ । खराब सडक र पुराना गाडी तथा चालकले ट्राफिक नियमको उल्लङ्घन गर्नु दुर्घटनाका प्रमुख कारण मानिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img