काठमाडौं ।
सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म तीन महिना सडक नखन्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षा यामका तीन महिना कुनै पनि बहानामा सडक नखन्न आग्रह गरेकाmे हो । कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ । वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकाले सडक खन्न रोक लगाइएको सो कार्यालयको भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??