काठमाण्डौ ।
इङ्लिस क्लब वेस्ट हामले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । वेस्ट हामले बुधबार राति खेलिएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २—१ गोलले हराउँदै युरोपा कन्फरेन्स लिगको उपाधि चुमेको हो । अन्तिम मिनेटमा ज्यारेड बोवेनले निर्णायक गोल गर्दै वेष्ट ह्यामलाई उपाधि जिताएका हुन । वेष्ट ह्याम युनाइटेडले ४३ वर्षको पर्खाइपछि कुनैपनि मुख्य फुटबल प्रतियोगिताको उपाधि जितेको हो । सन् १९८० मा अन्तिम पटक एफ।ए कप जितेको वेष्ट ह्याम युनाइटेडले त्यसयता उपाधि जित्न सकेको थिएन । यसपटक कप्तान डेक्लान राइसले संभवतः क्लबका लागि आफ्नो अन्तिम खेलमा उपाधि जिताए । युरोपा कन्फरेन्स लिग फुटबल युरोपियन क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता हो । च्याम्पियन्स लिग र युरोपा लिगमा छनौट हुन नसकेका टोलीहरु कन्फरेन्स लिगमा सहभागि हुने व्यवस्था छ ।