spot_img
spot_img
spot_img

कञ्चनमा बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धी सुझाव संकलन

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिकाले आ.व २०८०र०८१को बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धी सरोकारवालाहरुसंग राय तथा सुझाव संकलन गरेको छ। गाँउपालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा दिगो विकास र योजनाको अति आवश्यक प्राथमिकिकरणका आधारमा उत्पादनशिल र लघुउद्यमलाई धयन दिनु पर्ने सरोकारवालाहरुले जोड दिएका छन। कार्यक्रममा हरेक योजनाहरुको निर्माण पश्चात त्यसको सही र सफल कार्यान्वयमा ध्यान दिनु पर्ने र योजनालाई अपुर्ण र लथालिंग बनाउने उपभोक्ता समिति तथा निर्माण ब्यवसायीहरुलाई कार्वाहीको दायरामा लिनुपर्ने, कृषिमा लगानी गर्दा उत्पादनमा आधारित कृषि योजनालाई प्राथमिकता दिन पर्ने, कृषकहरुको वर्गिकरण गर्नु पर्ने, खानेपानी तथा ढल निकास र सरसफाई, स्वास्थ्य तथा शिक्षा, सिंचाई, बन वातावरण र पर्यटन, उत्पादनमा आधारित सिप तथा क्षमता सम्बन्धी तालिम सञ्चालन गर्नु पर्ने सरोकारवालाहरुले सुझाव दिएका हुन।
यसैगरी स्वच्छ कञ्चन, स्वस्थ कञ्चन बनाउन हरेक टोल बिकासहरुलाई सरसफाईमा प्रोत्साहन गर्नु पर्ने नीति बनाउनु पर्ने, टोल बिकास संस्थाहरुलाई प्रशासनिक खर्च वापत बजेट ब्यबस्थापन गर्नु पर्ने, बिभिन्न कृषि तथा पशु पालनको हव तथा पकेट क्षेत्र बनाई कञ्चनलाई आत्मनिर्भर बनाउने, करको शुल्कलाई घटाएर दायर फराकिलो बनाउनु पर्ने, आन्तरिक आयबृद्धि गर्न घुम्ती कर सञ्चालन गर्नु पर्ने, कञ्चनका हरेक सडकहरुको न्युनतम मापदण्ड बनाउनु पर्ने, लालपुर्जाको कार्य कहा के कति काम भइरहेको छ, कञ्चनका सबै सडहरुको न्युनतम ग्राभेल गरिनु पर्ने, बिद्युतका पुराना र जिर्ण पोलहरुको बिस्थापन गरी सडकको दायाँ बाया कम्तिमा १० फुट भन्दा बाहिर राख्नु पर्ने, रुद्रपुर र गजेडी स्वास्थ्य चौकीमा इमरजेन्सी तथा ल्याव सेवाको बन्दोबस्त गर्नका लागि आवस्यक बजेट ब्यबस्थापन गर्नु पर्ने र कञ्चनको खेतीयोग्य जमिनलाई उर्वरा बनाउन माटो परिक्षण गर्न पालिकामा ल्याव राख्नु पर्ने लगायत योजनाहरु समावेस गर्न वक्ताहरुले आआफ्नो राय प्रस्तुत गरेका थिए। कायर्यक्रममा यम बहादुर कार्की, दयाराम पौडेल, हिमा बेलवासे, खुम बहादुर घर्ति मगर, गंगाधर शर्मा, देवि प्रसाल थारु, नाम बहादुर के।सी।नन्द बहादुर खडकाथोकी, कमला बि।क।, युवराज शर्मा, अनुप यादव, कोपिला श्रेष्ठ, थम बहादुर सिंजाली, कृष्ण प्रसाद ढुंगाना, विजय पौडेल, सितादेवी शर्मा, शिवकला खनाल, ओम प्रकाश शर्मा, उमा ढकाल, राधिका चौधरी, पार्वती घर्ति मगर, सुमित्रा बुढाथकोकी, चेलिका भुजेल, तिलकराम लोध, लिलाराम खनाल, पुष्पराज शर्मा, दिनानाथ आचार्य, देविराम रेग्मी लगायत सरोकारवालाहरुले राय तथा सुझाव व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै प्रमुख प्रशासकयि अधिकृत सागर गौतमले संघ र प्रदेशबाट आउने शसर्त तथा समपुरक बजेटलाई सफल रुपमा कार्यन्वयन गराउन पालिकाले पनि बजेट ब्यबस्थापन गर्नु पर्ने भएकोले पालिकाको आन्तरिक आय बढाउन आवस्यक रहेको र योजनाको माग मात्र प्रस्तुत गर्नु भन्दा आन्तरिक आय के कसरी बढाउन सकिन्छ भन्ने कुराको समेत राय सुझाव प्रस्तुत गर्न आग्रह गर्नु भयो। पालिकाको बजेटको भल्युम बढी देखिएता पनि प्रशासनिक खर्च। सामाजिक सुरक्षा भत्ता, शिक्षक, कर्मचारीहरुको तलव समेत बजेटमा समावेश हुने भएकोले सान्दभिक र अत्यावस्यक योजनाहरुको निर्माण गर्न सबै कञ्चनवासीको भुमिका र सुझाव संकलन गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत गौतमले बताउनुभयो।
कार्यक्रममा गाँउपालिकाका प्रवक्ता चित्र तुलाचनले कञ्चनको अवको बजेटहरु शिक्षा र स्वास्थ्यमा समेत महत्व दिन सके हामी सबैको सन्ततीहरु जविन स्वस्थ र हरेक पक्षमा प्रतिस्पर्धा गर्न सक्ने बिद्याथीहरु उत्पादन हुने बताउनुभयो। यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले यसले पायो, उसले पाएन भन्दा पनि के कस्ता योजनाहरु ल्याउदा सवल र सम्मुनत कञ्चन बनाउन सकिन्छ भन्ने कुरामा कञ्चनवासीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गर्दै गाउपालिकाका अध्यक्ष नवराज ढकालले समुन्नत कञ्चन र सबल कञ्चनको अवधारणालाई सबै कञ्चनवासीले आत्मसाथ गर्न र अपनत्व ग्रहण गर्न पालिकाको नीति तथा कार्यक्रम र बजेट तथा योजना निर्माण पुर्व सबै पक्षको सुझाव संकलन गर्ने कार्य कञ्चनको पहिलो अभिलेख भएको बताउनु भयो। कञ्चनलाई समृद्धि तर्फ डोर्याउन एकमन भएर अगाडी बढ्नुको बिकल्प नभएको उल्लेख गर्दै अध्यक्ष ढकालले प्राप्त राय सुझाहरुमालाई यथासम्भव सम्बोधन गर्ने समेत प्रतिवद्धता जनाउनु भयो। गाउपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रशासन प्रमुख गिरीराज अर्यालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। नेपाल सरकारले आ।ब। २०८०र०८१ का लागि गत जेठ १५ गते बजेट प्रस्तुत गरिसकेको छ भने स्थानीय तहहरुले आगामी असार १५ गते सम्म अनिवार्य रुपमा बार्षिक नीति, कार्यक्रम योजना तथा बजेट प्रस्तुत गर्नु पर्ने छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img